दोस्रो स्थानको संकटालाई हराउँदै एपिएफले गर्यो लिगको सुखद अन्त्य

काठमाडौं (खेलदैनिक) । दोस्रो स्थानमा रहेको सिएमजी संकटा क्लबलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लबले पनि शहिद स्मारक ए डिभिजन लिगमा सुखद अन्त्य गरेको छ ।

सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले संकटामाथि २–१ को जित निकाल्यो । एपिएफको जितमा खेलको २३ औं मिनटमा युवराज खड्काले पहिलो गोल गरे भने ७१ औं मिनटमा राजन गुरुङले दोस्रो गोल गरे । उता पराजित संकटाका लागि अन्तिमतिर इन्जुरी समयमा लक्ष्मण रुचालले एक मात्र गोल फर्काए ।


प्रतिक्रिया दिनुहोस

Loading...