फाल्गुनन्द गोल्डकप : कर्ण चम्किदा झापा सेमिफाइनलमा

पाँचथर (खेलदैनिक) । कर्ण लिम्बु एक्लैले दुई गोल गरेपछि उत्कृष्ट जितका साथ झापा जारी रुस्लान दशौं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको स्थानीय खेलमैदानमा सोमबार सम्पन्न खेलमा झापाले दोस्रो रोजाईको टोली लिएर उत्रिएको सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ ले हरायो ।

खेलको २३ औं मिनटमा झापाका लागि कर्ण लिम्बुले पहिलो गोल गरे । यद्यपि लगतै ३२ औं मिनटमा मनिष लामाले एपिएफका लागि बराबरी गोल फर्काए । तर एपिएफले त्यो बराबरी गोलको खुशी धेरै बेर मनाउन सकेन ।

उता ३८ औं मिनटमा दिलेन लोक्तमले झापाका लागि दोस्रो गोल गरे । त्यस्तै दोसं्रो हाफमा कर्ण लिम्बुले ने व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै झापाको जित सुनिश्चित गरे । खेलमा दुई गोल गरेका कर्ण म्यान अफ द म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तरगत मंगलबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक फिदिम स्र्पोटिङ क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...