आठ महिना मै भारतीय कम्पनीले निर्माण गर्ला त पोखरा स्टेडियम ?

काठमाडौं (खेलदैनि) । फुटबल साईट गोलनेपालको रिपोर्टअनुसार पोखराको १५ हजार क्षमताको स्टेडियम निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् र भारतीय निर्माण कम्पनी ग्रेट स्पोर्टस् इन्फ्राबीच सहमति भएको बताइएको छ ।

भारतको हैदराबादमा रहेको यो निर्माण कम्पनीले एम.ए. कन्क्सट्रक्सन, जावलाखेलसँग मिलेर यो प्रोजेक्टमा काम गर्न लागेको बताइएको छ । साथै गोलनेपालका अनुसार भारतीय कम्पनी र राखेपले सम्झौतापत्रमा यसअघि नै हस्ताक्षर गरिसकेका छन् ।

राखेपका पदाधिकारीका अनुसार भारतीय कम्पनीको प्रतिनिधिहरुले छिटै निर्माण स्थलको अवलोकन गरी आवश्यक काम शुरु गर्ने समेत बताइएको छ । यद्यपि कम्पनीले आठ महिनाको समयावधिमा स्टेडियम निर्माण कसरी सम्पन्न गर्ने त्यसबारे भने खुलाइएको छैन ।

खेलकुद मन्त्रालय स्टेडियम निर्माणका लागि यसअघि नै ५३ करोड रकम छुट्टाईसकेको छ । गोलनेपालका अनुसार स्टेडियम निर्माण गर्न कुल १७३ करोड खर्च हुनेछ ।

नेपाल सरकारले आउँदो दक्षिण एसियाली खेलकुदका लागि पोखरा स्टेडियममा विभिन्न सुविधाहरु थप गर्दैछ । स्मरणीय छ कि दक्षिण एसियाली खेलकुद यसपटक काठमाडौं र पोखरामा आयोजना हुँदैछ । दक्षिण एसियाली खेलकुक यसै बर्षको सेप्टेम्बर महिनामा आयोजना गरिने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...