फाल्गुनन्द गोल्डकप : आयोजक फिदिम क्वाटरफाइनलमा

पाँचथर (खेलदैनिक) । झिनो अन्तरको जितका साथ आयोजक फिदिम स्र्पोटिङ क्लब यहाँ जारी रुस्लान दशौं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको स्थानीय खेलमैदानमा आइतबार सम्पन्न खेलमा फिदिमले मोरङ–११ लाई १–० ले हरायो । खेल शुरु भएको आठौं मिनटमै काचीले गरेको एक मात्र गोल आयोजकलाई जित दिलाउन निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच प्रविन जबेगु घोषित भए । उनले पुरस्कार स्वरुप नगद दश हजार हात पारे । प्रतियोगिता अन्तरगत सोमबारको क्वाटरफाइनल खेल झापा–११ र नेपाल एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...