नेपाल आइस खप्तड गोल्डकपको पूर्ण खेलतालिका सार्वजनिक (तालिकासहित)

धनगढी (खेलदैनिक( । सुदुरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा यहि पुष २४ गतेदेखि शुरु हुन गईरहेको नेपाल आइस खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको पूर्ण खेलतालिका सार्वजनिक गरिएको छ ।

धनगढी स्टेडियममा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम–११ र मेत्री नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टर भिड्ने छन् । आउँदो माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...