ए डिभिजन लिग : अन्तिम चरणको शुरुवाती दुई खेल बराबरीमा सकियो

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबारदेखि शुरु भएको अन्तिम तथा १३ औं चरणको शुरुवाती दुई खेलहरु बराबरीमा सकिएका छन् ।

एपिएफ मैदानमा भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । खेलमा जावलाखका लागि अरुज सिंहले ११ औं मिनटमा गोल गरे भने उता च्यासलका लागि ३३ औं मिनटमा छिरिङ गुरुङले बराबरी गोल फर्काएका थिए ।

यो नतिजापछि १३ खेलबाट १९ अंक जोडेको च्यासलले अंकतालिकाको आठौं स्थानमा रहेर लिगको समापन गरेको छ भने १३ अंक जोडेको जावलाखेल दशौं स्थानमा रहँदै आफ्नो लिगको यात्रा समाप्त गरेको छ ।

त्यस्तै अर्को खेलमा सरस्वती युथ क्लबले नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा सरस्वतीका लागि ५० औं मिनटमा भिक्टर एमोबीले गोल गरे भने लगतै ५३ औं मिनटमा रवि पासवानले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो बराबरी नतिजापछि १३ खेलबाट १९ अंक जोडेको पुलिसले छैठौं स्थानमा रहँदै लिग समापन गर्दा १४ अंक जोडेको सरस्वतीले नवौं स्थानमा रहेर लिग यात्रा टुंग्याएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...