बुधबारे गोल्डकप : डाँगिहाट एफसी फाइनलमा

मोरङ (खेलदैनिक) । डाँगीहाट एफसी मोरङको लेटाङमा जारी प्रथम बुधबारे गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

स्थानीय बुधबारे खेलमैदानमा शनिबार भएको पहिलो सेमिफाइनलमा डाँगीहाटले बेलबारी एफसीलाई २–० ल े हराउँदै उपाधि नजिक पुगेको हो । डाँगीहाटको जितमा उमेश राई र कासिम राईले गोल गरे । खेलको म्यान अफ द म्याच भने पराजित बेलबारीका भुवन बस्नेत घोषित भए ।

प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो सेमिफाइनल खेल सुनसरी डर्बीका रुपमा राष्ट्रिय जागृति क्लब र धरान फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।

एकता स्पोर्ट्स क्लब, लेटाङ २ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,००० हात पार्नेछ भने उपविजेताले ५१,००० प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृष्ट समेत सम्मानित हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...