शहिद स्मारक बी डिभिजन लिग माघ २५ देखि, उपाधिका लागि १२ टोली भिड्ने

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक बी डिभिजन लिग आउँदो माघ २५ गतेदेखि शुरु हुने भएको छ । कुल लिगमा सहभागी कुल १२ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए तर्फ झम्सीखेल युथ क्लब, आरसिटी, श्रीकुमारी, सातदोबाटो, नयाँबस्ती र ब्वाईज युनियन क्लब रहेका छन् भने समूह बी तर्फ टुसाल युथ, पुल्चोक स्पोर्टस्, मध्यपुर युथ, खुमलटार,बाँसबारी क्लब र श्री भगवती रहेका छन् ।

नेपाली फुटबल साईट गोलनेपालका अनुसार लिग सञ्चालन हुने स्थानहरुबारे भने अझै खुलाइएको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...