बुधबारे गोल्डकप : धरान एफसी सेमिफाइनलमा

मोरङ (खेलदैनिक) । आयोजक एकता स्पोर्ट्स क्लब, मोरङलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै धरान फुटबल क्लब, सुनसरी प्रथम बुधबारे गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लेटाङ २ स्थित स्थानीय बुधबारे मैदानमा शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा आयोजकका अनुप मगर चुके पछि धरानले ५–४ ले जित हात पार्न सफल भएको हो । खेलको म्यान अफ द म्याच एकताका भूषण लिम्बू घोषित भए ।

धरानले आइतबार हुने दोस्रो सेमिफाइनलमा अर्को सुनसरीको टिम राष्ट्रिय जागृति क्लबको सामना गर्नेछ । त्यसअघि शनिबार हुने पहिलो सेमिफाइनलमा मोरङका छिमेकी टिमहरु बेलबारी फुटबल क्लब र डाँगिहाट फुटबल क्लब आमने सामने हुनेछन् ।

पुस १९ गते देखि जारीे प्रतियोगिताको फाइनल पुस २४ गते हुनेछ । झापा, मोरङ र सुनसरीका ८ टिमहरु सहभागी रहेको प्रतियोगिताको विजेताले उपाधि सहित रु १,०१,००० हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृष्टलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...