आयोजक त्रिवेणीलाई २७ औं त्रिवेणी कपको उपाधि

बेशीशहर (खेलदैनिक) । लमजुङको बेशीशहरमा सम्पन्न २७ औं त्रिवेणी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक त्रिवेणी युवा क्लबले नै जितेको छ ।

शुक्रबार बेशीशहर स्थित त्रिवेणी मैदानमा सम्पन्न फाइनल भिडन्तमा त्रिवेणीले सुन्दरबजार एफसीलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।

बिजेता बनेको आयोजक त्रिवेणीले उपाधिसहित नगद ३ लाख हात पारेको छ भने उपविजेता सुन्दरबजारले १ लाख ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै सेमिफाइनलमा पराजित बीवाइसी भोटेओडार र एन्फा कास्कीले ५०–५० हजार हात पारेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...