खप्तड गोल्डकप : उद्घाटन खेलमा काकरभित्ता र सुदुरपश्चिम भिड्ने

धनगढी (खेलदैनिक) । नेपाल आइस तेस्रो खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टर र आयोजक सुदुरपश्चिम–११ भिड्ने भएका छन् ।

धनगढी स्टेडियममा यहि पुष २४ गतेदेखि शुरु हुन गईरुहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ ।

प्रतियोगितामा आयोजक र दुई विदेशी टोलीसहित कुल १२ क्लबहरुले सहभागिता जनाउँदै छन् । सहभागी टोलीहरु यसप्रकार रहेका छन् ।

१) मनाङ मस्र्याङ्दी क्लब, २) थ्रीस्टार क्लब, ३) एपिएफ क्लब, ४) नेपाल पुलिस क्लब, ५) संकटा क्लब ६) गोर्खा ब्वाईज, रुपन्देही ७) च्यासल युथ क्लब, ८) सुदुरपश्चिम–११ ९) मोरङ–११ १०) मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टर, ११) डपिङ्गस क्लब, क्यामरुन, १२) दिल्ली एफसी, भारत


प्रतिक्रिया दिनुहोस

Loading...