
काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालका लिजेण्डरी फुटबलर तथा पूर्वकप्तान स्वर्गीय मणिविक्रम शाहको स्मृतिमा पुरस्कारको स्थापना गरेको छ ।
गोलनेपालका अनुसार नगद एक लाख राशीको त्यो पुरस्कार एन्फाले जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ एक उदयीमान युवा खेलाडीलाई दिने भएको छ ।
स्मरणीय छ कि नेपाली फुटबलमा म्याराडोनाको उपनामले चर्चित शाहको यसै बर्षको बैशाख महिनामा असामयिक निधन भएको थियो ।