त्रिवेणी कप : उपाधिका लागि सुन्दरबजार र आयोजक त्रिवेणी भिड्ने

लमजुङ (खेलदैनिक) । लमजुङको बेशीशहरमा जारी २७ औं त्रिवेणी कपको फाइनलमा उपाधिका लागि सुन्दरबजार एफसी र आयोजक त्रिवेणी युवा क्लब भिड्ने भएका छन् ।

बेशीशहर स्थित त्रिवेणी मैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सुन्दरबजारले बीवाइसी भोटेओडारलाई पेनाल्टी शुटआउटमा ४–२ लृ हराउँदै आयोजक त्रिवेणीसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक बराबरी खेलेका थिए । प्रतियोगिताको फाइनल खेल शुक्रबार सुन्दरबजार एफसी र आयोजक त्रिवेणी युवा क्लबबीच हुनेछ । त्यसअघि बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणीले एन्फा कास्कीलाई २–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...