२७ औं त्रिवेणी कप : आयोजक त्रिवेणी फाइनलमा

बेंशीशहर (खेलदैनिक) । आयोजक त्रिवेणी युवा क्लब लमजुङमा जारी २७ औं त्रिवेणी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बेशीशहर स्थित त्रिवेणी मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणीले एन्फा कास्कीलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

आयोजकको जितमा म्यान अफ द म्याच समेत घोषित मेन्साह र अनुप गुरुङले गोल गरे । अब उपाधिका लागि त्रिवेणीले बिहीबार नै हुने सुन्दरबजार एफसी र बिवाइसी भोटेओडारबीचको दोस्रो सेमिफाइनल विजेतासँग फाइनल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...