दोस्रो विशाल गोल्डकपमा दुई विदेशी सहित आठ टोलीले सहभागिता जनाउने पक्का

पसा (खेलदैनिक) । यहि पुष २८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो टुबोर्ग बिशाल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रढा नकआउट फुटबल प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको टुँगो लागेको छ ।

बिशाल मेमोरियल फाउण्डेशनको आयोजनामा बिरगंज स्थित नारायणी स्टेडियममा हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरुको सहभागिता रहने भएको छ ।

आउँदो माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजकसहित त्रिभुवन आर्मी क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब, एपिएफ क्लब, साउथर्न सेमिटी, कोलकाता (भारत), रोयल एफसी, सिलिगुडी (भारत) र जन जागृति युवा क्लब, सिमराको सहभागिता रहनेछ ।

प्रतियोगिताको खेलतालिका भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...