प्रथम सरावल अध्यक्ष कप शुरु, द युनिटीको बिजयी शुरुवात

नवलपरासी (खेलदैनिक) । गाउँपालिका स्तरीय खेलकुद समिति, सरावल, पश्चिम नवलपरासीको आयोजनामा बुधबारदेखि प्रथम सरावल अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

माघे संक्रान्तीको अवसरमा सरावल गाृउँपालिकाको स्थानीय खेलमैदानमा शुरु भएको प्रतियोगितामा द युनिटी एफसी, खैरेनीले बिजयी शुरुवात गरेको छ ।

बुधबार भएको उद्घाटन खेलमा द युनिटीले आयोजक सरावल एफसीलाई शून्यका विरुद्ध १ गोलले हरायो । द युनिटीको जितमा तारा थापाले एक मात्र निर्णायक गोल गरे ।

सरावल गाउँपालिका, पश्चिम नवलपरासीले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

साथै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ ५ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...