बुधबारे गोल्डकप : राष्ट्रिय जागृति सेमिफाइनलमा

मोरङ (खेलदैनिक) । सहज जितका साथ राष्ट्रिय जागृति क्लब जारी प्रथम बुधबारे गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा राष्ट्रिय जागृतिले मोरङ फुटबल एकेडेमीलाई २–० ले हरायो ।

स्थानीय बुधबारे खेलमैदानमा सम्पन्न खेलमा राष्ट्रिय जागृतिका लागि अलीन राई र निकेस तामाङले गोल गरे । खेलको म्यान अफ द म्याच विजेता टोली जागृतिका अलीन राई घोषित भए । प्रतियोगिता अन्तरगत पुष १९ गते बिहीबार खेल डिएफसी डाँगिहाट, मोरङ र बिर्तामोड युनाइटेड, झापा बीच हुने आयोजकले जनाएको छ ।

एकता स्पोर्टस् क्लब, लेटाङ–२ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृष्टतर्फ गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोल कर्ता र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

झापा, मोरङ र सुनसरीका गरी कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि पुष २४ गते हुने समेत आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...