
लमजुङ (खेलदैनिक) । एन्फा कास्की र बिवाईसी भोटेओडार बेशिशहरमा जारी २७ औं त्रिवेणी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा एन्फा कास्कीले नखिपोट एफसी, ललितपुरलाई कडा प्रतिस्पर्धाका बीच १–० ले हरायो । कास्कीको जितमा रोशन केसीले एक मात्र निर्णायक गोल गरे । खेलमा पराजित नखिपोटका योगेश गुरुङले पेनाल्टी मिस गर्नु दुर्भाग्यपूर्ण बन्यो ।
त्यस्तै बुधबार नै सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा बीवाइसी भोटेओडारले सामना क्लबलाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।
बुधबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनलतर्फ बीवाइसीले सुन्दरबजार एफसीको सामना गर्नेछ भने एन्फा कास्कीले आयोजक त्रिवेणी युवा क्लबसँग भिड्नेछ ।