संकटासँग थ्रीस्टार स्तब्ध

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार भएको अर्को खेलमा सिएमजी संकटा क्लबले रुस्लान थ्रीस्टार क्लबलाई २–१ ले हराएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा संकटाका लागि दुवै गोल खेलको ४४ र ६४ ओं मिनटमा अमित तामाङले गरे । यद्यपि खेलमा शुरुवाती अग्रता भने थ्रीस्टारले लिएको थियो ।

खेलको ३१ औं मिनटमा रन्जन बिष्टको गोलबाट अग्रता बनाएको थ्रीस्टारले त्यसलाई जोगाउन नसक्दा लगातार दोस्रो हार बेहोरेको हो । स्मरणीय छ, थ्रीस्टारले यसअघिको खेलमा पनि नेपाल पुलिस क्लबसँग १–३ को हार बेहोरेको थियो ।

यो नतिजापछि १२ खेलबाट २८ अंक जोडेको संकटा दोस्रो स्थानमा यथावत छ । उता पराजित थ्रीस्टार भने २३ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...