मनाङको शतप्रतिशत जितको यात्रा १२ औं खेलसम्म जारी

काठमाडौं (खेलदैनिक) । यस बर्षको लिग उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिगमा आफ्नो जितको यात्रा १२ औं खेलसम्म कायम राखेको छ ।

बुधबार हल्चोक स्थित एपिएफ स्टेडियममा सम्पन्न खेलमा मनाङले हिमालयन शेर्पाृ क्लबलाई २–१ ले हराउँदै आफ्नो शतप्रतिशत जितको यात्रालाई कायम राखेको हो ।

खेलमा अग्रता मनाङले नै बनाएको थियो । ३६ औं मिनटमा आफि ओलावालेले मनाङका लागि पहिलो गोल गरे । तर ४५ औं मिनटमा विश्वास श्रेष्ठले शेर्पाका लागि बराबरी गोल फर्काए ।

उता खेलको ६३ औं मिनटमा विशाल राईले मनाङका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल समेत बन्यो । यो जितसँगै १२ खेलबाट ३६ अंक जोडेको मनाङ शिर्ष स्थानमा यथावत छ । उता पराजित शेर्पा भने १७ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...