नेफ–साइपाल फुटबलमा ६० टिम

(तस्विर : गुगल)

काठमाडौं (खेलदैनिक) । उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) को आयोजनामा हुने चौथो नेफ–साइपाल यु–१६ अन्तरविद्यालय फुटबल प्रतियोगितामा ६० ब्वाइज टिमले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिता माघ ७ देखि १२ गतेसम्म चावहिलको गणेशथान फुटबल मैदानमा हुने नेफका अध्यक्ष नारायण रोकाले जानकारी गराए । सिक्स ए साइड स्वरुपमा हुने प्रतियोगिता नकआउट आधारमा खेलाइने छ ।

प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरी फिलिपिन्समा मार्चमा हुने प्रतियोगितामा सहभागी गराइने अध्यक्ष रोकाले जनाएका छन् । गत संस्करणमा पनि उत्कृष्ट खेलाडी छनोट गरी स्विडेनमा प्रतियोगिता खेल्ने अवसर प्रदान गरिएको थियो ।

त्यस्तै साइपाल एकडेमीले उत्कृष्ट ३० खेलाडीलाई प्लस टु अध्ययनका लागि ६० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...