त्रिवेणी कप : आयोजक त्रिवेणी र सुन्दरबजार सेमिफाइनलमा

बेशिसहर (खेलदैनिक) । लमजुङमा जारी २७ औं त्रिवेणी कप नकआउट फुटबल प्रतियोगितातर्फ आयोजक त्रिवेणी युथ क्लब र सुन्दरबजार एफसी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पहिलो क्वाटरफाइनलमा त्रिवेणीले रामपुर एफसी, चितवनलाई ३–१ ले हरायो । त्रिवेणीको जितमा अफ्रिकी खेलाडी मौसाले दुई गोल गरे भने थप एक गोल आशिक गुरुङले गरे । उता पराजित रामपुरका लागि बिनोद गुरुङले एक मात्र गोल गरेका थिए ।

त्यस्तै मंगलबार नै भएको अर्को क्वाटरफाइनलमा सुन्दरबजारले लमजुङ मस्र्याङ्दी क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

प्रतियोगिता अन्तरगत बुधबार हुने तेस्रो क्वाटरफाइनलमा नखिपोट एफसीले एन्फा कास्कीको सामना गर्नेछ भने चौथो क्वाटरफाइनलमा भोटेओडार एफसीले सामना क्लबको सामना गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...