
काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको खेलमा पहिलो हाफसम्म एपिएफ ३–१ ले अगाडी रहेको छ ।
एपिएफ स्टेडियममा जारी खेलमा एपिएफका लागि राजेन्द्र रावल, हरि कार्की र युवराज खड्काले गोल गरेका छन् । उता पुलिसका लागि भने अजित भण्डारीले एक गोल फर्काएका छन् ।
त्यस्तै उता एन्फा कम्प्लेक्समा जारी खेलमा च्यासल युथ क्लबले सरस्वती युथ क्लबबीच पहिलो हाफमा १–० को अग्रता बनाएको छ । च्यासलका लागि सजिन थापा मगरले गरेका छन् ।
दोस्रो हाफको खेल केहीबेरमा शुरु हुँदै ।