
हेटौडा (खेलदैनिक) । हात नभएर पनि आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका निर्मल दर्लामीलाई हेटौडाका फुटबल समर्थकहरुले प्रोत्साहन स्वरुप नगद सहित सम्मानित गरेका छन् ।
सोमबार बकैया गाउँपालिकालाई बिपी कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका निर्मलको प्रदर्शनबाट प्रभावित स्थानीय फुटबल समर्थकहरुले १३ हजार ५ सय नगदसहित सम्मान गरे ।
फाइनल भिडन्तमा बकैयाले हेटौडा ४ लाई हराउँदै विपी कपको उपाधि जितेको थियो । बकैयाले उपाधिसहित नगद ५० हजार समेत हात पारेको थियो ।
