छैठौं मनकामना केबुलकार पोखरा कप माघ १५ देखि

पोखरा (खेलदैनिक) । यस बर्षको छैठौं मनकामना केबुलकार पोखरा कप २०७५ यहि आउँदो माघ १५ देखि २६ गतेसम्म आयोजना हुने भएको छ ।

कास्की जिल्ला फुटबल संघको वार्षिक कार्यक्रमअनुसार हुन गईरहेको प्रतियोगिताको छैठौं संस्करण पोखरा रंगशालामा आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ८ ए डिभिजन क्लब, आयोजकको एक टोली र तीन बिदेशी क्लब गरी कुल १२ टोलीहरुले सहभागिता जनाउने छन् । गत संस्करणमा दुई विदेशी टोली समावेश गरिएकोमा यसपटक विदेशी टोलीको सहभागि संख्या बृद्धि गरिएको हो ।

त्यस्तै यसपटक पुरस्कार राशीमा पनि बृद्धि गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको पछिल्लो संस्करणको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया हात पारेका थिए भने उपविजेताले ३ लाख ५५ हजार प्राप्त गरेका थिए ।

यद्यपि यसपटक भने विजेताले ७ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले ४ लाख ५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ भने उत्कृष्ट पाँच विधाका खेलाडीहरुले नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न आयोजकले सबैलाई सहयोग र समर्थनको आग्रह समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...