प्रथम सरावल अध्यक्ष गोल्डकप पुष १८ देखि

नवलपरासी (खेलदैनिक) । गाउँपालिका स्तरीय खेलकुद समिति, सरावल, पश्चिम नवलपरासीको आयोजनामा यहि पुष १८ गतेदेखि प्रथम सरावल अध्यक्ष गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

माघे संक्रान्तीको अवसरमा सरावल गाृउँपालिकाको स्थानीय खेलमैदानमा हुन गईरहेको प्रतियोगितामा नवलपरासी र रुपन्देहीका गरी कुल १६ टोलीहरुले सहभागिता जनाउँदैछन् ।

सरावल गाउँपालिका, पश्चिम नवलपरासीले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

साथै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने माघ ५ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...