पहिलो हाफ मै गोल बर्षा, मछिन्द्र ४–४ एनआरटी

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ सोमबार भएको १२ औं चरणको पहिलो खेलतर्फ मच्छिन्द्र एफसी र न्युरोडटिम (एनआरटी) ले पहिलो हाफसम्म ४–४ गोलको बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एनआरटीले तीन गोलले पछि परेको स्थिति उल्टाउँदै खेलमा उत्कृष्ट पुनार्गमन गर्यो । एनआरटीका लागि अशोक थापाले दुई गोल गरे भने सुशिल लामाले पेनाल्टीबाट एक गोल गरे । त्यस्तै थप एक गोल भने मच्छिन्द्रका साहिदले आत्मघाती गोलका रुपमा गरे ।

उता मच्छिन्द्रका लागि भेसडिया डायमन्डे, बिशाल राई ए, खामिर गिल्सन कान्दङजा र अनिल गुरुङले गोल गरे । दोस्रो हाफको खेल केहीबरमा शुरु हुँदै ।


प्रतिक्रिया दिनुहोस

Loading...