एन्फा र बिराटनगर महानगरपालिकाबीच सहमति

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) र बिराटनगर महानगरपालिकाले शहिद रंगशालामा थप सुविधाहरु निर्माण गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

स्मरणीय छ कि आउँदो सन् २०१९ को मार्च १२ देखि २२ तारीखसम्म विराटनगरले पहिलोपटक साफ महिला च्याम्पियनसिपको आयोजना गर्दैछ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र बिराटनगरका मेयर भिम पराजुलीले सहमतिपत्रमा हस्ताक्षर गरे । गोलनेपालका अनुसार शहिद रंगशालामा के कस्तो थप सुविधाहरु निर्माण गरिने हो, त्यसबारे भने खुलाइएको छैन ।

साफ महिला च्याम्पियनसिपतर्फ समूह ए मा रहेको आयोजक नेपालसँगै बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । त्यस्तै समूह बी तर्फ भने साविक विजेता भारत, श्रीलंका र माल्दिभ्स छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...