फिदिम (खेलदैनिक) । यस बर्ष फार वेस्ट खप्तड गोल्डकपमा सहभागिता जनाउनबाट बञ्चित भएपछि त्रिभुवन आर्मी क्लबले रुस्लान दशौं फाल्गुनन्द गोल्डकप खेल्ने भएको छ ।
स्मरणीय छ कि गत बर्ष राजर्षी जनक कपमा विवाद गरेपछि खप्तड गोल्डकपको साविक विजेता भएर पनि आयोजकले आर्मीलाई सहभागिता जनाउनबाट बञ्चित गराएको हो ।
उता फिदिम स्र्पोटिङ क्लबको आयोजनामा यहि पुष २१ गतेदेखि शुरु हुन गईरहेको फाल्गुनन्द गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ ले कर्ण सिंह सोनाम मेमोरियल एफसीसँग भिड्नेछ । नेपाली फुटबल साईट गोलनेपालका अुनसार प्रतियोगिताको फाइनल खेल भने पुष ३० गते हुनेछ ।
कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ । हेर्नुहोस् प्रतियोगिताको खेलतालिका ।
