नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने संघारमा कालिन

काठमाडौं (खेलदैनिक) । चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमको रिपोर्ट अनुसार नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा मच्छिन्द्र क्लबका पूर्व स्वीडस प्रशिक्षक जोहान कालिन बन्न सक्छन् ।

एन्फा स्रोतले गोलनेपाललाई बताए अनुसार त्यो प्रशिक्षकीय जिम्मेवारीका लागि एन्फा र प्रशिक्षक कालिनसँग यसअघि नै दुई बर्षका लागि आपसी सहमति बनीसकेको बताइएको छ ।

यद्यपि एन्फाका प्रवक्ता किरन राईले यसबारे अहिले नै निर्णय नबनाएको बताएका छन् । राईले भने, “हाम्रो प्राविधिक कमिटीले यो प्रस्ताव उपर आवश्यक समिक्षा गरिरहेको छ । हामी यसबारे छिटै आधिकारिक घोषणा गर्नेछौं ।”

स्मरणीय छ कि कालिन युइएफएको ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । यद्यपि उनले राष्ट्रिय टोलीको जिम्मेवारी भने अहिलेसम्म सम्हालेका छैनन् । केही बर्ष अघि कालिन कै प्रशिक्षकीय जिम्मेवारीमा मच्छिन्द्र क्लबले सनसनी मच्याउँदै ए डिभिजन लिगको दोस्रो स्थान हासिल गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...