पिएफए अत्तरियालाई चौथो फार वेस्ट पशुपति कपको उपाधि

धनगढी (खेलदैनिक) । प्रतिस्पर्धात्मक जितका साथ चौथो फार वेस्ट पशुपति कप नकआउट फुटबल प्रतियोगिताको उपाधि पिएफए अत्तरियाले जितेको छ ।

शनिबार सम्पन्न फाइनल भिडन्तमा अत्तरियाले आयोजक फार वेस्ट पशुपति युवा क्लबलाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

https://twitter.com/Goal_Nepal/status/1079025516462501889

विजेता अत्तरियाले उपाधिसहित नगद ४ लाख हात पारेको छ भने उपविजेता फार वेस्ट पशुपति युवा क्लबले २ लाखमा चित्त बुझाएको छ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भिष्म भाटले नगद १५ हजार प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...