डियर क्लबलाई रामधुनी गोल्डकपको उपाधि

सुनसरी (खेलदैनिक) । दोस्रो रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि डियर क्लब तरहराले जित्न सफल भएको छ ।

रामधुनी नगरपालिका ४ सिक्दार माझी टोलस्थित स्थानीय खेलमैदानमा शनिबार सम्पन्न फाइनल भिडन्तमा डियर क्लबले आयोजक रामधुनी आदर्श एफसीलाई २–० ले हराउँदै उपाधि जितेको हो ।

बिजेता बनेको डियर क्ल्बले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेता रामधुनीले ५१ हजारमा चित्त बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...