‘श्री’ बन्यो साफ महिला च्याम्पियनसिपको अफिसियल एयरलाइन्स

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु उडानमा सक्रिय रहेको श्री एयरलाइन्ससँग अफिसियल एयरलाइन्सका रुपमा एक सम्झौता गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र श्री एयरलाइन्सका जनरल म्यानेजर सुनिल बिष्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपालले यहि आउँदो सन् २०१९ को मार्च १२ देखि २२ तारीखसम्म साफ महिला च्याम्पियनसिपको आयोजना गर्दैछ । रोचक कुरा त यसपटक साफ च्याम्पियनसिप काठमाडौं बाहिर पहिलोपटक बिराटनगरको शहिद रंगशालामा हुनेछ ।

च्याम्पियनसिपतर्फ समूह ए मा रहेको आयोजक नेपालसँगै, बंगलादेश, पाकिस्तान र भुटान छन् । त्यस्तै समूह बी तर्फ साविक विजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...