पोखरा : १७ औं आहा रारा गोल्डकप फागुन ९ देखि

पोखरा (खेलदैनिक) । पर्यटकीय नगरी पोखराको प्रतिष्ठासँग जोडिएको आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको १७ औं संस्करण आउँदो फागुन ९ देखि १८ गतेसम्म हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले नयाँ स्टेडियम बनाउन पोखरामा रहेको पुरानो स्टेडियम भत्काएकोले खेलहरु खुला मैदानमा हुनेछन् । यद्यपि आयोजक सहारा क्लबले प्रतियोगिताका लागि अस्थायी प्यारापिट बनाउने बताएको छ ।

https://twitter.com/Goal_Nepal/status/1078967193306464256

बिगत १७ बर्षदेखि निरन्तर आयोजना हुँदै आईरहेको प्रतियोगिताको मुख्य उद्देश्य नै सहारा क्लबले २८ बालकहरुलाई आश्रय दिएर सञ्चालन गरेको सहारा एकेडेमी लागि आर्थिक सहयोग जुटाउनु हो ।

हिमश्री फुड्स प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगितामा नेपालका शिर्ष टोलीहरुको सहभागिता रहनेछ । यद्यपि आयोजकले बिदेशी क्लबहरुलाई पनि समावेश गर्दै आईरहेको छ ।

साथै आयोजकले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न सबैतर्फबाट सहयोगका लागि आग्रह गरेको छ । स्मरणीय छ कि प्रतियोगिताको गत संस्करणको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...