प्रदेश ३ मा एन्फा कोचिङ कोर्ष सम्पन्न

मकवानपुर (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रदेश ३ स्तरीय एन्फा कोचिङ कोर्ष शुक्रबार हेटौडामा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

कोचिङ कोर्षमा प्रदेश ३ का फुटबल प्रशिक्षकहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रमका दिन सहभागीहरुले उक्त कोर्ष सञ्चालन गरेका चियाकी ताकेडालाई मायाको चिनो प्रदान गरेका थिए । ताकेडा एन्फाको प्राविधिक निर्देशक समेत हुन् ।

एन्फाले देशको सातै प्रदेशमा यो कोचिङ कोर्षको आयोजना गरिरहेको छ । गोलनेपालका अनुसार यो कोर्षलाई एएफसी सी लाईसेन्स कोचको तयारीका रुपमा रहेको समेत बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...