माल्दिभ्स फुटबल अवार्डमा किरणले जिते उत्कृष्ट गोलरक्षकको अवार्ड

काठमाडौं (खेलदैनिक) । नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङले माल्दिभ्स फुटबल अवार्डतर्फ यस बर्षको उत्कृष्ट गोलरक्षकको अवार्ड जित्न सफल भएका छन् ।

यद्यपि हाल बिदामा नेपाल फर्किएका कारण अवार्ड कार्यक्रममा किरण भने उपस्थित थिएनन् । गोलनेपालका अनुसार किरणको स्थान उनको क्लब टिसी स्पोर्टस्का प्रशिक्षक मोहम्मद निजामले म्यानचेष्टर युनाइटेडका लिजेण्डरी गोलरक्षक पिटर सेमिचलको हातबाट पुरस्कार ग्रहण गरेका थिए ।

स्मरणीय छ कि, किरणको टोली टिसी स्पोर्टस्ले यसै बर्ष माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको थियो भने किरण लिगको उत्कृष्ट गोलरक्षक समेत घोषित भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...