पुलिससँग थ्रीस्टार पराजित

काठमाडौं (खेलदैनिक । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबार भएको ११ औं चरणको खेलतर्फ विभागीय टोली नेपाल पुलिस क्लबले रुस्लान थ्रीस्टार क्लबलाई ३–१ ले हराएको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसका लागि निर कुमार राई, अभिषेक रिजाल र भोला सिलवालले गोल गरे । उता पराजित थ्रीस्टारका लागि अबंग अलबर्टले एक मात्र सान्त्वना गोल गरे । खेलमा पुलिसका अजित भण्डारी म्यान अफ द म्याच घोषित भए ।

यो हारसँगै थ्रीस्टारले लिगतालिकाको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ र २३ अंकका साथ तेस्रो स्थानमा छ । उता पुलिस भने १८ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...