प्रतिष्ठित २१ औं बुढासुब्बा गोल्डकप माघ अन्तिम सातादेखि

(तस्विर वराह न्युज)

धरान (खेलदैनिक) । धरान फुटबल क्लब, सुनसरीको आयोजनामा प्रतिष्ठित रेडबुल २१ औं बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिता आउँदो माघको अन्तिम सातादेखि हुने भएको छ ।

चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार धरान स्टेडियममा हुने प्रतियोगितामा नेपालका शिर्ष टोलीहरुको सहभागिता रहनेछ ।

एनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको गत संस्करणको उपाधि रुस्लान थ्रीस्टार क्लबले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...