निरीह सरस्वतीमाथि आर्मीको चार गोल

एजेन्सी । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ पहिलो हाफ मै दश खेलाडीमा सिमित हुन पुगेको सरस्वती युथ क्लबमाथि त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले सरस्वतीको चुनौति ४–० ले पन्छायो । आर्मीको जितमा खेल शुरु भएको छैठौं मिनटमै नवयुग श्रेष्ठले पहिलो गोल गरे । उता खेलको २९ औं मिनटमा सुसन लामाले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि सरस्वती दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

त्यसलगतै प्राप्त पेनाल्टीमा खेलको ३० औं मिनटमा भरत खवासले कुनै गल्ती नगरी आर्मीका लागि दोस्रो गोल गरे । एकतर्फी जित हात पारेको आर्मीका लागि ६२ औं मिनटमा भरत खवासले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यस्तै थप एक गोल भने ८० औं मिनटमा सरस्वतीका ओलुसुलो इब्राहिमले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...