लिग च्याम्पियन मनाङले एएफसी कप खेल्ने

काठमाडौं (खेलदैनिक) । बिहीबार पल्सर शहिद स्मारक ए डिभिजन लिग विजेता बनेको मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप खेल्ने भएको छ ।

नेपालको लिग विजेताको हैसियतले मनाङले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ । एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने यो प्रतियोगिता एएफसीको दोस्रो श्रेणी सरहको क्लब प्रतियोगिता समेत हो ।

सन् २०१९ को फेब्रुअरीदेखि शुरु हुने एएफसी कपतर्फ मनाङ समूह ई मा परेको छ । समूह ई मा मनाङले भारतीय आइ लिग विजेता मिनर्वा पञ्जाब, बंगलादेश प्रिमियर लिग च्याम्पियन ढाका अवाहानी र दक्षिण एसियाली प्ले अफबाट छनौट हुने टोली विरुद्ध खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...