रामधुनी गोल्डकप : डियर क्लब उपाधि नजिक

सुनसरी (खेलदैनिक) । डियर क्लब तरहरा जारी दोस्रो रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार रामधुनी नगरपालिका ४ सिक्दार माझी टोलस्थित स्थानीय खेलमैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा डियर क्लबले उर्लाबारी एफसीलाई ३–१ ले हरायो ।

खेलमा निशान लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद ३ हजार प्राप्त गरे । अब उपाधिका लागि डियर क्लबले फाइनलमा आयोजक रामधुनी आदर्श एफसीको सामना गर्नेछ ।

रामधुनी आदर्श फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...