मनाङका कप्तान बिराज भन्छन्, “टिम एकता कै कारण उपाधि जित्न सफल”

काठमाडौं (खेलदैनिक) । बिहीबार ए डिभिजन लिगको उपाधि जितेको मनाङ मस्र्याङ्दी क्लबका कप्तान बिराज महर्जनले टिम एकता कै कारण उपाधि जित्न सफल भएको बताएका छन् ।

चर्चित नेपाली फुटबल साईट गोलनेपालसँग कुरा गर्दै कप्तान बिराजले भने, टिम एकता कै कारण हामीले उपाधि जित्न सफल भयौं । यो जितका लागि म खेलाडी साथीहरु, क्लबको म्यानेजमेण्ट र हामीलाई समर्थन गर्ने सबै समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु ।

स्मरणीय छ कि मनाङले बिहीबार लिगको ११ औं चरणको खेलतर्फ दोस्रो स्थानमा रहेको सिएमजी संकटा क्लबलाई ३–१ ले हराउँदै दुई खेल खेल्नु अघि नै उपाधि जित्न सफल भएको थियो । त्यो जितसँगै मनाङले ३३ अंक बटुल्यो भने दोस्रो स्थानमा रहेको संकटा २५ अंकका साथ मनाङ भन्दा ८अंकले पछि पर्न पुग्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...