मनाङ बन्यो लिग च्याम्पियन

काठमाडौं (खेलदैनिक) । अपराजित र उत्कृष्ट लयमा रहेको मनाङ मस्र्याङ्दी क्लब यस बर्ष जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगको विजेता बनेको छ ।

बिहीबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मनाङले दोस्रो स्थानको सिएमजी संकटा क्लबलाई ३–१ ले हराउँदै दुई खेल खेल्नु अघि नै मनाङे लिग विजेता बनेको हो ।

खेलमा शुरुवाती अग्रता मनाङले पहिलो हाफको इन्जुरी समयमा संकटाका रोशन पहाडीले गरेको आत्मघाती गोलबाट लिएको थियो । दोस्रो गोल भने ८१ औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका पुजन उपरकोटीले गरे ।

त्यस्तै खेलको ८६ औं मिनटमा अडिलेजा सोमिडेले तेस्रो गोल गर्दै मनाङको उत्कृष्ट जित पक्का गरे । पराजित संकटाका लागि सेडरिक आवाले ९१ औं मिनटमा एक मात्र सान्त्वना गोल फर्काए ।

यो जितसँगै ११ खेलबाट ३३ अंक जोडेको मनाङ शिर्ष स्थानमा छ र दुई खेल खेल्न मात्र बाँकी छँदा दोस्रो स्थानमा रहेको संकटा भन्दा ८ अंकले अगाडी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...