दश खेलाडीमा सिमित च्यासल बराबरीमा रोकियो

काठमाडौं (खेलदैनिक) । अन्तिम समयतिर दश खेलाडीमा सिमित हुन पुगेको च्यासल युथ क्लब पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबार बराबरीमा रोकिएको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा च्यासलले शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेपछि सशस्त्र प्रहरीको एपिएफ क्लबसँग १–१ को बराबरी खेलेको हो ।

खेलमा च्यासलका लागि ३१ औं मिनटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म च्यासलले त्यो अग्रतालाई जोगाउन पनि सफल भएको थियो ।

तर दोस्रो हाफको ५४ औं मिनटमा एपिएफका लागि श्याम नेपालीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यस्तै खेलको ७७ औं मिनमा गौरव बुढाथोकीले रातो कार्ड खाँदै मैदान छाडेपछि च्यासल अन्तिमतिर दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

यो बराबरीसँगै ११ खेलबाट १७ अंक जोडेको एपिएफ छैठौं स्थानमा छ । त्यस्तै १५ अंक जोडेको च्यासल भने आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...