जावलाखेलसँग मच्छिन्द्र पराजित

काठमाडौं (खेलदैनिक) । जावलाखेल युथ क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित दर्ता गर्ने क्रममा बुधबार मच्छिन्द्र एफसीलाई हराएको छ ।

काठमाडौं (खेलदैनिक) । जावलाखेल युथ क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित दर्ता गर्ने क्रममा बुधबार मच्छिन्द्र एफसीलाई हराएको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा जावलाखेलले मच्छिन्द्रलाई २–१ ले हरायो । जावलाखेलको जितमा ५४ औं मिनटमा अरुज सिंहले पहिलो गोल गरे भने ६४ औं मिनटमा फोडे फोफोनाले दोस्रो गोल गरे ।

उता पराजित मच्छिन्द्रका लागि अन्तिमतिर ८९ औं मिनटमा अलाबा अडिमोलाले एक मात्र सान्त्वना गोल फर्काए ।

एनआरटी र फ्रेण्डस्को बराबरी

त्यस्तै हल्चोक स्थित सशस्त्र प्रहरीको एपिएफ स्टेडियममा सम्पन्न अर्को खेलमा न्युरोडटिम (एनआरटी) र फ्रेण्डस् क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...