एन्फामाथि चार फुटबल संघले लगायो ‘आर्थिक चलखेल’को आरोप

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान नेतृत्वमाथी केन्द्रिय निर्वाचनका क्रममा आर्थिक चलखेल गरेको आरोप लागेको छ । एन्फाको वर्तमान नेतृत्वलाई काठमाडौं, भक्तपुर, धादिङ र ललितपुर फुटबल संघले सो आरोप लगाएका हुन् ।

यी चारै फुटबल संघ एन्फाका पूर्व उपाध्यक्ष मणि कुँवरको नजिकका मानिन्छन् । स्मरणीय छ कि एन्फाको केन्द्रिय चुनावमा कुँवरले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पासँग हार बेहोरेका थिए ।

चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार एन्फामाथि आरोप लगाउने ती फुटबल संघका पदाधिकारीहरुले चुनावका क्रममा अन्य जिल्ला फुटबल संघबाट भोट प्राप्तीका लागि आर्थिक लेनदेनको कुरा भएको अडियो क्लिप पनि सार्वजनिक गरेका थिए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा ललितपुर फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले आफुहरुले त्यो प्रमाण एएफसी र फिफामा पठाएको समेत बताए । साथै थापाले आफूहरुले यो कुरा राष्ट्रिय खेलकुद परिषद्मा समेत उठाएको तर त्यहाँबाट केही कदम नचालिएको समेत गुनासो पोखे ।


प्रतिक्रिया दिनुहोस

Loading...