बीबीसीको पोष्टमा शेर्पाको चार गोल

काठमाडौं । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबारदेखि शुरु ११ औं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले शानदार जित हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा शेर्पाले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई ४–१ ले हरायो । खेलमा शेर्पाले चारै गोल दोस्रो हाफमा गर्यो । पहिलो गोल ४६ औं मिनटमा गोहा प्याट्रिकले गरे भने ५४ औं मिनटमा भिषन गुरुङले दोस्रो गोल गरे ।

त्यस्तै शेर्पाका लागि थप दुई गोल भने विश्वास श्रेष्ठले ६१ र ७३ औं मिनटमा गर्दै टोलीको प्रभावशाली जित पक्का गरे । उता पराजित बीबीसीका लागि ७९ औं मिनटमा बर्तमान राईले एक मात्र सान्त्वना गोल फर्काए ।


प्रतिक्रिया दिनुहोस

Loading...