पूर्व राष्ट्रिय खेलाडी गुरुङद्वारा सहारा एकेडेमीको अवलोकन

पोखरा (खेलदैनिक) । सहारा क्लब हङकङका पुर्व प्रमुख सल्लाहकार तथा पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी हाल हङकङ सरकारको प्रमुख तेक्वान्दोे प्रशिक्षक रहेका तुलसी प्रसाद गुरुङले सहारा एकेडेमीको अवलोकन गरेका छन् ।

पोखरा १७ दोविल्ला स्थित सहारा क्लब पोखराद्धारा सञ्चालित एकेडेमी अवलोकनका क्रममा उनीसँगै सहारा क्लब हङकङका कार्यसमिति सदस्य ओम गुरुङ पनि साथमा रहेका थिए । साथै सो अवसरमा क्लबका अध्यक्ष केशबबहादुर थापा, पुर्व अध्यक्ष एवं सहारा एकेडेमी संयोजक विक्रम थाकाली, सचिव रामजी अधिकारी तथा क्लबका पदाधिकारी एवं कार्यसमितिद्धारा अतिथीहरुलाई स्वागत गरेका थिए ।

सहारा क्लब हङकङका पुर्व प्रमुख सल्लाहकार गुरुङले एकेडेमीका बालकहरुसँग परिचय गर्दै, आफ्नो खेल जिवनको अनुभव सुनाएका थिए भने भविष्यमा फुटबलको राष्ट्रिय खेलाडी भई देश र सहारा क्लब पोखराको नाम राख्न एवं आफ्नो भविष्य उज्ज्वल बनाउनको लागि लगनशिल भई, मेहनतका साथ अघि बढन सुझाएका थिए । सोही अवसरमा क्लबका संयोजक विक्रम थकालीले सहारा एकेडेमीको निर्माण एवं सञ्लालन बारेमा प्रस्ट्याएका थिए ।

त्यसैगरी सेन्ट मेरिज स्कुल नयाँगाउँबाट स्कुलले वार्षिक रुपमा विभिन्न संस्थालाई खाद्य सामाग्री एवं अन्य सरसमान वितरण गर्ने कार्यक्रम अनुसार सहारा एकेडेमीलाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।

विद्यालयका प्राचार्य तथा शिक्षक एवं कर्मचारी उपस्थित भई क्लबका अध्यक्ष केशबबहादुर थापालाई १२५ के.जी. चामाल, ५० किलो चिनि, ५० के. जी. गहँको पिठो, १० लिटर फुलको तेल, ५० के. जी. मसुरको दाल, १० के. जी. को मिक्स मसला, १० के. जी. सोयाविन मस्यौरा, २५ पोका वासिङ पाउडर हस्तान्तरण गरेका थिए । उक्त स्कुलले सहारा एकेडेमीलाई यस भन्दा अगाडी पनि खाद्य सामाग्री हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...