
सिन्धुपाल्चोक (खेलदैनिक) । सिन्धुपाल्चोकको इन्द्रावतीमा मंगलबारदेखि विशेष फुटबल प्रशिक्षण कार्यक्रम शुरु भएको छ । सो प्रशिक्षण कार्यक्रमको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक कार्यक्रमका बीच उद्घाटन गरे ।
प्रशिक्षक हरि ओम श्रेष्ठले प्रशिक्षकीय जिम्मेवारी पाएको सो विशेष प्रशिक्षण कार्यक्रममा ६६ बालक र २२ बालिकाहरु गरी कुल ८८ बालबालिकाहरुलाई विशेष प्रशिक्षण दिईनेछ । कार्यक्रममा एन्फाका उपाध्यक्ष बिर बहादुर खड्काको पनि उपस्थिति रहेको थियो ।