रामधुनी गोल्डकप : डियर क्लब सेमिफाइनलमा

सुनसरी (खेलदैनिक) । पेनाल्टी शुटआउटमा जित हासिल गर्दै डियर क्लब अफ तरहरा जारी दोस्रो रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार रामधुनी नगरपालिका ४ सिक्दार माझी टोलस्थित स्थानीय खेलमैदानमा सम्पन्न खेलमा डियरले युके एफसी दार्जिलिङलाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । खेलमा गोलरक्षक मनोज प्रधान म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद ३ हजार प्राप्त गरे ।

रामधुनी आदर्श फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...